वीरगञ्ज । वीरगञ्ज-रक्सौल सीमा नाकाबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ घर बताउने १८ वर्षीय पवन कुमार श्रीवास्तव रहेका छन् । उनलाई वीरगञ्जबाट पैदल रक्सौलतर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले लागु औषध ६ किलो गाँजासहित पक्राउ गरेको जनाएको हो ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
























