धर्वेन्द्र कुमार यादव”यदुवन्शी”,औरही । समाजमा शान्ती र स्थायीत्व स्थापनाको उदेश्यले करीब बाह्र बर्ष पश्चात नौ दिने रामनाम जप महायज्ञ शुरु भएको छ । जिल्लाको औरही नगरपालिका वडा नं.१ र २ औरहीमा बिहान शान्ती कलश शोभा यात्रा निकाली नौ दिने रामनामजप महायज्ञको शुरुवात गरिएको हो ।
आयोजक गाउँ स्थित महायज्ञ स्थलबाट निकालिएको कलश शोभा यात्रा गाउँ गौशाला नगरपालिका ३मा पर्ने पचाईन नदिमा पुगी जल लिई गाउँको परिक्रमा गर्दै पुनः महायज्ञमा कलश स्थापना भई सम्पन्न गरिएको छ ।
स्थानीयहरुको आर्थिक सहयोग र ग्रामीण यूवाको आयोजनामा हुनलागेको नौ दिने रामनाम जपमहायज्ञमा स्थानीय परोसी गाउँ मेघरौल,नवराजपुर लगायतका ठाउँको भजनकिर्तन मंडलीहरु सहभागी हुने आयोजक समितीले जनाएको छ ।
बाह्र बर्ष पश्चात हुनलागेको रामनाम जप महायज्ञलाई हर्षोल्लास पूर्वक सफल पार्न स्थानीय यूवाहरु लागीपरेका छन् । भने स्थानीय हर्षीत भएका छन् ।
बाजागाजा सहित निकालिएको शान्ती कलश शोभायात्रामा स्थानीय वडा अध्यक्ष राजकिश्वोर चौधरी,भूतपूर्व वडाअध्यक्ष,नेपका पार्टीका युवा नेता नरेन्द्र यादव,जसपा पार्टीका नेता शंकर यादव,शिक्षक,विद्यार्थी,विभिन्न पार्टीका नेताकार्यकर्ता,भद्रभलादमि,नागरिकसमाज,पत्रकार,यूवा,ब्यबसायी,किशान लगायतका उल्लेख्य सहभागीता रहेको थियो ।
शुरु गरिएको महायज्ञ नौ दिने रामनाम जप,दुईदिने झाखी पहचात समपन्न हुने समितीले जनाएको छ ।
























