Advertisement
☰

नेपाली कांग्रेसको पुर्व वडा अध्यक्ष राम देव यादवको निधन

न्युजडेस्क
२०७७ माघ १७, शनिबार २१:४५

माघ -१७ राजविराज
पच्चीस वर्ष पुरानो ज्यान मार्ने उद्योग मुद्दामा सजाय काटिरहेका एक जना ६५ वर्षीय कैदीबन्दीको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको छ।

पंचायतकाल देखी नै नेपाली कांग्रेसमा आफ्नो जीवन संघर्ष गरिरहेका तथा सो पार्टीको उम्मेदवार भएर दुईपटक वडा अध्यक्ष समेत चुनिएका हनुमाननगर कंकालनी नगरपालिका वडा न. ११ ईनरुवाका रामदेव भनिने रामप्रसाद यादवको ६५ वर्षको उमेरमा हिजो शुक्रबार राती गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हो।

उनी माथी रहेको उक्त मुद्दा बि.स. २०७४ मा रिअपन भएर पक्राउ परेको थियो।बिगतमा करिब एक महिनासम्म छिन्नमस्ता अस्पतालमा समेत उपचार गराएको परिवारजनले बताए ।

मृतक यादवकाे डाहसंस्कार सप्तकोसीमा हिन्दुपरम्परा अनुसार जेठा छाेरा दिपेन्द्र यादवले दागबत्ती दिए भने नेपाली कांग्रेसको क्षण्डा ओढाएर फुल ,माला र अबिर लगाएर श्रद्धाञ्जली अर्पण समेत गरेको थियो।

मृतक यादवको दुई छाेरा र दुई छाेरी रहेका छन्।यादवको मृत्युुले उहाँको परिवार शोकाकुल भएका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर