Advertisement
☰

बिद्यालय बन्दै राजनीतिको अखडा,प्रधानाध्यापक नियुक्ति विवादले महिनौंदेखि तालाबन्दी ।

न्युजडेस्क
२०७७ फाल्गुन १९, बुधबार १२:२३

नबिन यादब
फाल्गुन-१९ गते बुधबार

राजविराज / सप्तरी जिल्लाको एक बिद्यालयमा गत महिनौदेखी तालाबन्दी भएर विद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएका छ्न।नेपाल सरकारले गत चैत्र ११ देखि गरेको लकडाउनले पठनपाठन अबरुद्ध भएको थियो।लकडाउन खुलेको एक साता नबित्दै तालाबन्दी भएर बेल्ही स्थित श्री जनता आधारभुत बिद्यालयका विद्यार्थीहरु राजनीतिले अस्तव्यस्त सो बिद्यालयमा पढ्न पाएका छैनन्।
बलान बिहुल गाउँपालिका वडा न.४ स्थित बेल्हीमा रहेको सो बिद्यालय राजनीति अखडा बन्दै गैइरहेको स्थानीय अभिभावकले गुनासो पोख्ने गरेका छ्न।

छ कठ्ठा जग्गामा रहेको सो बिद्यालयमा करिब दुई सय बिद्यार्थी सङ्ख्या रहेका छन भने बालबिकास,कार्यालय सहयोगी र प्रधानाध्यापक गरि छ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन।

विद्यालयमा कार्यरत प्रधानाध्यापक फूलदेवप्रसाद कापैर अवकाश प्राप्तपछि सोही बलान बिहुल गाउँपालिका-३, टिकुलिया प्रावि तहमा कार्यरत शिक्षक सुकदेवप्रसाद साह नयाँ प्रधानाध्यापक भई सरुवा भएर हाजिर भएकै दिन अभिभावक र स्थानीय दलका प्रतिनिधिहरूले तालाबन्दी गरिएको थियो । उक्त तालाबन्दी अझैसम्म खुलेको छैन । गाउँपालिका प्रभावमा परेर प्रावि तहका शिक्षकलाई प्रधानाध्यापक बनाएको भन्दै तालाबन्दी गरेको उनीहरूको कथन छ ।

करिब सात वर्ष देखी बिद्यालय व्यवस्थापन समिति निर्माण गर्न नसकिरहेको सो बिद्यालयमा पढ्ने स्थानीय बिपन्न,गरिब अभिभावकका विद्यार्थीहरु पढ्न नपाएर भविष्य नै अन्धकारमा धकेल्ने चिन्ता अभिभावकहरुले गर्न थालेका छ्न।

यश विषयमा स्थानीय जनप्रतिनिधिहरु समझ जिज्ञासा् राख्दा आफुहरुले तालाबन्दी खुलाउने प्रयास गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर