Advertisement
☰

पेट्रोलमा मटितेल मिसाउने ट्याकंर चालक पक्राउ

न्युजडेस्क
२०७७ आश्विन १३, मंगलवार १९:३०

द प्रदेश टाइम्स / काठमाडौं । पेट्रोलमा मटितेल मिसावट गर्ने एक जना टयांकर चालक निगमको थानकोट डिपोबाट पक्राउ परेका छन् ।

डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याकंरका चालक सतिन सुवेदीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलमा मिसावट गर्नेविरुद्ध निगमले चलाएको अप्रेसनमा मंगलबार पुनः एक जना पक्राउ परेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

‘पेट्रोल ट्यांकर चालक सतिन सुवेदी मंगलबार पक्राउ परेका छन्, उनलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन अनुसार कारबाही गर्न प्रहरीलाई बुझाएका छौं,’ प्रवक्ता उपाध्यायले भने ।

दुई साता अवधिमा पेट्रोलमा मिसावट तथा चोरीमा संलग्न छैटौं ट्यांकर चालक फेला परेको र उनीहरुलाई कालोबजारी ऐनअन्तरगत कारबाही अघि बढाइएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल चोरीमा संलग्न एक तथा पेट्रोलमा मिसावटको आरोपमा निगमको अमलेखगन्ज डिपोबाट तीन र थानकोट डिपोबाट एक जना चालक पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जरिवानसहित कैद सजाय हुनेगरी जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा चलाइने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर