कठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफान गर्नुभएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार अध्यक्ष ‘प्रचण्ड’लाई सोमबार बिहान प्रधानमन्त्री ओलीले भेट्ने प्रस्तावसहित टेलिफोन गर्नुभएको हो ।अध्यक्ष प्रचण्डले बैठक चलिरहेको बेला फोेन आएकाले आफू बैठका रहेकाे बताएको ती नेताले बताएका छन् । ती नेताका अनुसार ओलीले सोमबार बेलुका केही कुराकानी गर्नुछ भन्दै टेलिफोन गर्नुभएको थियो । तर अध्यक्ष प्रचण्डले भने पार्टी नै फरक भइसकेकाले के कुरा गर्नुछ र ? भनेर भन्नुभएकाे ती नेताले बताएका छन् ।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले, तपाईँको कुरा तपाइँसँगै छ, मेरो कुरा मैसँग छ, मेरो कुरा तपाईँले मान्नु पर्छ भन्ने त छैन । तर पनि मतपाईँसँग भेट्न चाहन्छु भन्नुभएको ती नेताले बताए ।
पार्टी एकतालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ आफ्नै अस्थित्वमा आएका छन् । त्यस यता ओली र प्रचण्डबीच कुराकानी हुनसकेको थिएन ।











