Advertisement
☰

बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

न्युजडेस्क
२०७७ चैत्र २४, मंगलवार २२:२३

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा छन् ।

आइतबार मध्यरात आफ्नै घरमा सुतेकी बालिकालाई बलात्कार गरेको परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर