Advertisement
☰

‘जनतासँग जसपा नेपाल’ तीन दिवसीय अभियानका लागि उपेन्द्र यादवले सप्तरीमा

न्युजडेस्क
२०८१ पुष २४, बुधबार १४:२७

काठमाडौं २४, पौष । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू तीन दिवसीय पार्टी अभियानका लागि सप्तरी पुग्नु भएको छ । आजदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नुहुनेछ ।
सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको छ । जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रिय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको छ ।
दोस्रो दिन पौष २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउपालिका वडा नंं १ स्थित प्रसाहीमा आयोजना गरिएको छ । त्यसलगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।
पछिल्लो पाँच महिनादेखि निरन्तर राजधानी काठमाडौंदेखि देशब्यापी हरेक पालिका र वडा स्तरसम्मै संगठन बिस्तारका लागि जसपा नेपालका नेता कार्यकर्ता जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा होमिएका छन् ।
पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष यादव सप्तरीमा चार वटै निर्वाचन क्षेत्रसहित जिल्लाभरीका अगुवा नेता कार्यकर्ताको लागि प्रशिक्षण दिन पुग्नु भएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर