Advertisement
☰

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

न्युजडेस्क
२०७७ चैत्र २५, बुधबार ०८:२२

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज (बुधबार) चुनाव हुँदैछ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।

शर्माको प्यानलमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरू छन् भने नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको  प्रेस सेन्टरले पोखरेलको नेतृत्वमा प्यानल बनाएका छन्।

 त्यस्तै प्रदेश र जिल्ला, एसोसियट र प्रतिष्ठानतर्फको नयाँ नेतृत्वको लागि पनि आजै मतदान हुँदैछ।  

महासंघमा १३ हजार बढी मतदाता छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर