Advertisement
☰

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

न्युजडेस्क
२०७८ बैशाख १५, बुधबार १६:४९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रा कम देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो ।

दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ ।सचिवालयका अनुसार पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । यसअघि, उनको सिंगापुर, अमेरिका र भारतमा उपचार भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर