Advertisement
☰

लकडाउनमा अतालियो शिव परियारको मन ( भिडियो सहित )

द प्रदेश टाइम्स
२०७७ असार २३, मंगलवार २३:०३

चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो अतालिन्छ यो मन´ सार्वजनिक भएको छ ।रोमान्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापास्माइल´ को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

गायक : शिव परियार
अश्मी श्रेष्ठ

म्युजिक भिडियोमा रविन बिस्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।  प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको  निर्देशनमा तयार पारिएको हो  ।  सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई  डश म्युजिक नेपालको अफ़िसिएल च्यानल मार्फत  सार्वजनिक  गरिएको छ।

नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् ।  यसअघि उनका गर्व लाग्छ´ , रमहसुस´ बोलको गीतहरु सार्वजनिक भैसकेका छन् ।  गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियार संग काम गर्न पाउदा आफ्नो ठुलो सपना पुरा भएको  बताएका छन् ।

अमेरिकामा फिल्म र्निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन्।  आगामी दिनहरुमा अझ स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले  बताएका छन् ।  यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता र मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर