Advertisement

समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत

न्युजडेस्क
२०८२ बैशाख ११, बिहीबार १८:३७

जनकपुरधाम, बैशाख ११ गते। समाजवादी मुस्लिम संघ नेपाल (SMUN) को धनुषा जिल्लाको प्रथम अधिवेशन अध्यक्ष कलिम राईनको अध्यक्षता र जसपा नेपालका केन्द्रिय सल्लाहकार तथा मधेश प्रदेश समितिका सदस्य सुकेश्वेर यादवको विशिष्ट अतिथि, बौद्धिक पेशाकर्मी नेपाल धनुषा जिल्ला अध्यक्ष बृजकिशोर यादवको अतिथिमा सम्पन्न भएको छ।

अधिवेशनमा धनुषा जिल्ला अध्यक्षको रूपमा कलिम राईन निर्वाचीत भएका छन्। राईनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। यो अधिवेशनले संघको संगठनलाई थप सुदृढ बनाउन र समाजमा सामाजिक न्याय र समानताको पक्षमा संघर्ष जारी राख्ने संकल्प जनाएका छन्।

यस अवसरमा, जसपा नेपालका प्रमुख अतिथि र अन्य सहभागीहरूले समाजवादी मुस्लिम संघ नेपालको भूमिका र यसको महत्वलाई स्पष्ट गर्दै भविष्यमा थप सक्रिय र प्रभावकारी बनाइने बताइएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर