Advertisement

महालक्ष्मी बिकास बैंकमा निर्वाचन रोकियो

न्युजडेस्क
२०७८ पुष २९, बिहीबार ११:३८

काठमाडौँ । महालक्ष्मी बिकास बैंकमा निर्वाचनको विषयलाई लिएरसमेत लफडा भएको खुलासा भएको छ ।
योग्यता पुगेका सेयरधनीहरुलाई संचालकको निर्वाचनमा सहभागी नगराउने गरी आफु खुसी गरेको, मिलेमतोमा आफ्नो अभिष्ट पूरा गर्नेगरी केहि व्यक्तिहरुले बैंकमा आफ्नामात्र संचालक लैजान चलखेल गरेको र नियमअनुसार संचालक पदका लागि लड्न खोज्दा हुँदै नभएको बहाना देखाई आफ्नो उम्मेद्वारी रद्ध गरेको भन्दै केहि संचालकहरु अदालत गएपछि अन्तत: अदालतले बैंकको निर्वाचन रोक्न आदेश दिएको हो ।

गिरिराज पोखरेल, प्रमोद श्रेष्ठ लगायत बैंकले मनपरी गरेको भन्दै अदालत गएका थिए ।अदालतले बैंकका नाममा १५ दिनभित्र छलफलका लागि आउनू भनी आदेश जारी गरेको छ ।बैंकले आइतबार साधारणसभा बोलाएको छ । साधारणसभामा सकेसम्म यो प्रकरण नआओस् भनेर बैंकले प्री एजीएमका नाममा विभिन्न व्यक्तिहरुलाई बोलाई प्रलोभनमा पारिसकेको चर्चा पनि सुरु भएको छ । यो प्रकरण अदालत पुगेसँगै बैंकभित्र कुन हदसम्मको लफडा चलिरहेको छ र जनताको डिपोजिट राखिएको बैंकमा कुन हदसम्मको समस्या छ भन्ने पुष्टी हुन्छ ।

यो बैंकका अध्यक्षसमेत सेयर विवादमा मुछिएका खबर बाहिर आइरहंदा बैंकमा हुँदै नभएको सुन राखेर धितो राखेको काण्डदेखि राखिएको सुन हराएको काण्डसम्म आइपुग्दा यो बैंक पतनको बाटोमा त पुगेको छैन ? भन्ने प्रश्न उठेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर