Advertisement
☰

दार्चुलाका सबै कोरोना संक्रमित डिस्चार्ज

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार ०६:०३

दार्चुला : दार्चुलाका सबै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला भरीका आइसोलेशनमा रहेका सबै संक्रमित निको भएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा कोरोना संक्रमितको संख्या २० रहेको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी शैल्यशिखरका १५ जना, महाकाली नगरपालिकामा २ जना, लेकम गाउँपालिकामा २ जना र दुहुँ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएकोमा सबै निको भई घर फर्किएको दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति विरेन्द्र भट्टले बताउनु भयो ।

दार्चुला जिल्लामा भने सङ्क्रमण पुष्टि हुने सबैलाई डिस्चार्ज गरिएको छ । दुई जनाको पुनः परीक्षण गर्दा पिसिआर नेगेटिभ आएपछि डिस्चार्ज गरिएको दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले बताए । उनले भने ‘‘बाँकी १८ जनालाई पुनः परीक्षण नगरी लक्षण नदेखिएकाले होम आइसोलेसनमा पठायौं।’’

स्वास्थ्यमंत्रालयले निर्धारण गरेको मापदण्डअनुसार समय र प्रक्रिया पूरा गरी सबै संक्रमितलाई घर पठाइएको उहाले बतबए । असार २२ गतेसम्म दार्चुलामा ४ हजार ३ सय ७९ जनाको आरडिटी परीक्षण गरिएको बताए ।

दार्चुलाभरीका १ हजार १ सय ८१ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा हालसम्म ९ सय ८४ जनाको रिपोर्ट प्राप्त भएको छ । यीमध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वाब संकलन गरिएकामध्ये १ सय ९७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर