Advertisement
☰

अलपत्रलाई मध्यनेपालका मेयरले गरे उद्धार

न्युजडेस्क
२०७८ असार २, बुधबार १८:५८

लमजुङको मिदिम खोलामा आएको बाढीका कारण खोलापारि फसेका सर्वसाधारणलाई उद्धार गरिएको छ ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले स्काभेटर लगाएर उद्धार गरेका हुन् ।मिदिम खोलामा आएको बाढीका कारण ९ जना हिजो देखि अलपत्र परेका थिए । बुधवार मेयर पाण्डे लगायतले उनीहरुलाई उद्धार गरेका हुन् ।

मेयर पाण्डेका अनुसार उनीहरु खेत रोप्नका लागि हिजो खोलापारी गएका थिए । खोलो बढेपछि उनीहरु रातभर पारि नै बसेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर