Advertisement
☰

मेसी र नेमार कोपाको बेस्ट प्लेअर

न्युजडेस्क
२०७८ असार २७, आईतवार १०:१७

अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् ।

दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो ।
‘एक मात्र खेलाडी छान्नु सम्भव छैन किनकी यो प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी छन,’ कन्मेबोलले स्टेटमेन्टमा भनेको छ ।

अर्जेन्टिनालाई २८ वर्षपछि ठूलो उपाधि दिलाउन मेसीले यस पटक उत्कृष्ट प्रदर्शन गरे । आइतबार बिहान सम्पन्न फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ ।
माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर