Advertisement
☰

काँग्रेस नेता यादवको निधन

न्युजडेस्क
२०७८ श्रावण २, शनिबार १२:३५

रौतहट । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पछिल्लो तिन बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो ।उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए । यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका ८ बहुअरी छेउमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

यसअघि क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए । उनको २ छोरा र १ छोरी रहेकी छिन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर