Advertisement
☰

कमला अभियानी यादवलाई मुख्यमन्त्री राउतको बधाई

न्युजडेस्क
२०७८ चैत्र २२, मंगलवार ९:५९

आमिन राईन
जनकपुरधाम, चैत्र २२ गते । मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारद्वारा जलप्रहरी सम्मानले सम्मानित कमला बचाउ अभियानका संयोजक विक्रम यादवलाई बधाई दिनु भएको छ ।

विगत ४ वर्ष देखी कमलानदी सफाई लगायतको कार्यमा सक्रिय यादवले जल प्रहरी सम्मान प्राप्त गरेपछि मुख्यमन्त्री राउतले आफनै निवासमा गम्छा ओढाई बधाई दिनु भएको हो ।

मधेश सरकारको स्वच्छता अभियानलाई सहयोग पुग्ने गरि कार्य गर्दै आएका यादव जलप्रहरी सम्मानबाट सम्मानित हुने मुलुककै पहिलो व्यक्ति हुनु हुन्छ । मधेश र देशकै नाम उच्च गरेकामा थप सफलताको कामना गर्दै कमला बचाउ अभियानमा मधेश सरकारको पनि सहयोग रहने प्रतिबद्धता समेत उहाँले जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर