जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव ले प्राविधिक सहित को टोली साथ कमला नदीको स्थलगत निरीक्षण गर्नुभएको छ।
भिषण बाढी ले क्षतिग्रस्त पटर्वा स्थित मर्मत सम्भार भैरहेको कमला नदीको पश्चिमी तटबन्धलाई निरिक्षण गर्नुभएको छ।
सो टोलीमा सांसद यादव को साथ मा प्रदेश वन मन्त्रालय का सचिव डा राम चन्द्र कडेल, जसपा धनुषा अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, वृक्ष मानव सुरेश शर्मा,नगर अध्यक्ष दिनेश यादव सहित स्थानीय बासीहरु को सहभागिता रहेको थियो।
निरिक्षण को क्रममा कमला तटबन्धको रक्षण को सन्देश दिदै वृक्ष रोपन गरिएको थियो।


























