Advertisement
☰

जसपाले गरे तालाबन्दी भ्रस्टाचार लुकाउन सुचना नदिएको भन्दै पिपरा गाउँपालिकामा

न्युजडेस्क
२०७७ श्रावण ९, शुक्रबार १८:१६

एक महिना देखी नै विभिन्न शिर्षकमा भ्रस्टाचार भएको भन्दै सुचना माँग गर्दा समेत पिपरा गाउँपालिकाले सुचना नदिएको भन्दै जसपाले आज पिपरा गाउँपालिकामा तालाबन्दी गरेका छन ।

हजारौको सँख्यामा पुगेका स्थानिय र जसपाका कार्यकर्ताहरुले भ्रस्टाचार विरुध विभिन्न नाराबाजी गर्दे आज तालाबन्दी गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले यो भन्दा पहिला भ्रष्टाचार बिरुद्ध धर्ना दिदै आएको थियो ।

डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गर्दै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका कार्यालयले कुनै सुनवाइ नगरेको भन्दै जसपा कार्यकर्ताहरूले आज तालाबन्दी गरेका छन ।

आफूहरूले बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका प्रमुख बिक्रम चौधरीले सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जसपाका नेता राहुल पाण्डेले बताएका छन ।

कार्यालय खुल्ने समयमै पालिकामा तालाबन्दी गर्दा कर्मचारीहरु समेत भित्र बन्द भएका छन भने उक्त क्षेत्रमा अहिले व्यापक सुरक्षाकर्मि परिचालन गरिएको छ ।

नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष विक्रम चौधरीले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाका नेत्री मिनु झाले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर