काठमाडौं – नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन्। भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई राजीनामापत्र बुझाएका हुन्।
भट्टराईले मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ विदामा रहेका कारण सहसचिव शर्मालाई राजीनामा बुझाएको पुष्टि गरे। सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै राजीनामा दिएको भट्टराईले बताए।
स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएको बताउँदै भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने आरोप लगाए।











