नेपाली विद्यार्थी आन्दोलनले गौरवशाली इतिहास निर्माण गरेको छ । राजनीतिक मुद्दाको आन्दोलनहरुमा सफलता प्राप्त गर्दै आएको छ । पछिल्लो समय विद्यार्थी आन्दोलन नै भ्रष्टिकरणमा भासिएको छ ।
आन्दोलनको उठान गर्ने तर सम्झौतामा टुङ्याउने दुःखद स्थिति निर्माण हुँदैछ । विद्यार्थी नेताहरू खास विद्यार्थीको प्रतिनिधि नेता बन्न सकेका छैनन् । कलेज र विश्वविद्यालयमा भएका विद्यार्थी नेताहरु बपौंसम्म त्यहाँको स्रोतहरुमा हस्तक्षेप गरेर बस्ने तर त्यहाँको शैक्षिक वातावरण सुधार्न ध्यान नदिने, संगठनमा काम गर्नुलाई आफ्नो आर्थिक उपार्जनको पेशा बनाउने स्थितिले समग्र विद्यार्थी आन्दोलन नै बद्नाम भएको छ
आन्दोलनमा भएका यी तमाम विकृतीहरुलाई निरुपण गरि विद्यार्थी आन्दोलनलाई शैक्षिक क्षेत्रहरुमा केन्द्रित गर्नुपर्छ । सबै बालबालिकाहरुलाई स्कुल जाने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । सबै विद्यार्थीहरुलाई समान अवसर र शिक्षा दिलाउन, शैक्षिक क्षेत्रमा भएको माफियाकरण र व्यापारीकरणको विरुद्ध कठोर संघर्ष गर्दै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पुर्ण रुपमा निशुल्क पाउने अवस्था नभएसम्म समाजवादी विद्यार्थी युनियनले लाखौ विद्यार्थीहरुलाई संगठित गरि आन्दोलनलाई निष्कर्षमा पुर्याउन सक्नुपर्छ
समाजवादी विद्यार्थी युनियनले बरालिएको विद्यार्थी आन्दोलनलाई सहि दिशा देखाउदै समग्र आन्दोलनकै नेतृत्व गर्नुपर्छ । संगठनका नेताहरुलाई आफ्नो माउ पार्टी प्रति उत्तरदायी भन्दा पनि विद्यार्थी प्रति उत्तरदायी बनाउनुपर्छ । हाम्रो संगठन समाजवादी विद्यार्थी युनियन स्थापना दिवसको सन्दर्भमा विद्यार्थी आन्दोलनले यी सबै उद्देश्य पूरा गर्न सफलता मिलोस भन्दै संगठनका सम्पुर्ण साथीहरू र आम विद्यार्थीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । जय मधेस !! जय मातृभुमी !!!
























