Advertisement
☰

दैलेखमा शिक्षक हत्याको आरोपी महिला सार्वजनिक

न्युजडेस्क
२०७८ भाद्र ३१, बिहीबार ०८:१८

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ ।

दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक बिसीको हत्या छिमेकी २५ वर्षीया मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
‘मुनाले नै शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेकी छिन्,’ डीएसपी श्रेष्ठले भने ।गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । डीएसपी श्रेष्ठका अनुसार मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद भएको छ । शिक्षक बिसी शव मंगलबार बिहान मालिका माविको बरण्डामा फेला परेको थियो । मुनाको घर शिक्षक बिसीको शव भेटिएको ठाउँदेखि ३० मिटर पर छ ।

४२ वर्षीय शिक्षक बिसी मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर