Advertisement

थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने तीन जना पक्राउ

न्युजडेस्क
२०८१ पुष ६, शनिबार १८:५१

धनगढी । कैलालीमा थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गर्ने तीन जना पक्राउ परेका छन् ।लागुऔषध मुद्दामा पक्राउ परेका एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै परिवारबाट रकम असुल्ने तीन जनालायई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् ।
उनीहरुले थुनामुक्त गरिदिने भन्दै लिएको साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको थियो ।उनीहरुले थुनुवाका परिवारलाई विश्वासमा पार्न उद्देश्यले किर्ते कागजपत्र बनाएर नेपाली कागजमा अदालतको आदेश समेत लेखेर देखाएका थिए ।उनीहरूलाई थुनामुक्त गरिदिन भन्दै लेखिएको अदालतको भनिएको आदेशमा जिल्ला प्रहरी कार्यालय कैलालीको लोगो र नाम राखेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर