Advertisement
☰

धनुषामा ‘आर्केष्ट्रा’ मा नाच्ने महिला सहित पाँच पक्राउ

न्युजडेस्क
२०७८ आश्विन ५, मंगलवार ०९:११

जनकपुरधाम । धनुषाको एकराहीबाट प्रहरीले ‘आरकेष्ट्रा’मा नाच्ने महिला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विदेह नगरपालिका–६ एकराही टोलमा मंच बनाई सोमबार मध्य राती अश्लिल भोजपुर गितमा नृत्य गर्ने महिला र आयोजकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए । कुनै पनि निकायबाट अनुमति नलिइ आर्केष्ट्रा आयोजना गर्ने स्थानिय २५ वर्षीय सानु मण्डल, विदेह नगरपालिका–७ का उदघोषक २३ वर्षीय श्याम पासवान, भारत उत्तर प्रदेश महराजगंज इटहर्वाका २१ वर्षीय अनुशव मिश्र, २० वर्षीया काजल सहनी, भारत विहार बेतिया सिङगरीका २५ वर्षीय सुनिल पासवान र २१ वर्षीया रिना देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मध्यराती साउण्ड बक्स तथा हर्न जडान गरी अश्लिल भोजपुरी गितहरू ठुलठुलो आवाजमा बजाई नाच नचाएको गुनासो आएपछि प्रहरी चौकी गिद्धाबाट गएका प्रहरी टोलीले नाच बन्द गर्न पटक–पटक आग्रह गरेका थिए । प्रहरीद्वारा समझाई बुझाई गर्दा समेत अटेरी गरेपछि आर्केष्ट्रा आयोजना गर्ने र नाच्नेलाई पक्राउ गरेको थियो । यस अघि महोत्तरीमा आर्केष्ट्रामा झडप हुदा आइतबार १ जनाको मृत्यु र २ जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर