• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

रेल संचालन गर्न नेपाल र भारत सरकारलाई मुख्यमन्त्रीको आग्रह 

२०७८ मंसिर ११, शनिबार ०९:५१
रेल संचालन गर्न नेपाल र भारत सरकारलाई मुख्यमन्त्रीको आग्रह 

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले जयनगर–जनकपुर रेल विवाहपंचमी महोत्सव अगावै संचालनको लागि नेपाल र भारत सरकारलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले शुक्रबार जनकपुर संचारकर्मीसित संक्षिप्त कुराकानी गर्दै तत्काल रेल संचालनमा पहलको लागि दुवै मुलुकका सरकारलाई आग्रह गरे ।
रेल संचालनमा नआउँदा यस क्षेत्रका जनतालाई भइरहेको समस्यालाई मध्यनजर गरेर तत्काल यसतर्पm पहल हुनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार मातहतमा नरहेकोले रेल्वे संचालनको लागि संघीय सरकारलाई आग्रह गरिएको उनले बताए ।
निर्माण कार्य पूरा भइसकेकोले तत्काल संचालन गर्नुपर्ने माग मुख्यमन्त्री राउतले गरे । निर्माण कार्य सम्पन्न गरेर भारतले रेल नेपाललाई हस्तान्तरण गरिसकेको छ । रेल निर्माणको कार्य पूरा भइसकेको छ, उनले भने–अव संचालनमा संघीय सरकारले ढिलाई गर्नुहुँदैन् । लामो समयदेखि प्रतिक्षा गरिरहेका यस जनताको चाहना पूरा गर्नुपर्ने उनले थपे ।

देशकै एक मात्र रेल संचालनको सम्पूर्ण तयारी पूरा भएपनि गुड्न नसकेकोप्रति उनले दुःख समेत व्यक्त गरे ।
संचालनको सम्पूर्ण तयारी पूरा भइसकेपनि कर्मचारी र बजेट अभावमा रेल थन्किएको छ । २०७७ असोज २ गते नेपाल भित्रिएको रेल हाल धनुषाको इनर्वास्थित स्टेशनमा थन्किएका हुन् । रामजानकी विवाहपंचमी महोत्सवको अगावै रेल संचालन गराउन लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेको थियो । रेल संचालन हुन नसक्दा पूर्व धनुषा, सिरहासहित छिमेकी राष्ट्र भारतको सीमावर्ती क्षेत्रका बासिन्दालाई जनकपुर आवतजावतमा समस्या हुँदै आएको छ ।

रेल्वे निर्माण कम्पनीले रेल नेपाललाई हस्तान्तरण गरिसकेपनि संचालनमा पहल नहुँदा ती क्षेत्रका हजारौ बासिन्दा मारमा परेका हुन् भने व्यापारिक कारोबार समेत प्रभावित हुँदै आएको छ । रेल संचालन हुँदा मालसामान ढुवानीमा खर्च कम लाग्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा सञ्चालन हुने भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा लिकमा रेल सञ्चालन गर्ने सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म रेल सञ्चालनको लागि संरचना निर्माण कार्य पनि द्रुत गतिमा अघि बढेको छ ।
भारतको रेल्वे निर्मााण कम्पनी कोंकणले २०१९ जनवरीमै जयनगर–कुर्था रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो । तर नेपाल सरकारले आपैm रेल खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिपराडी र बर्दिबास गरी आठ स्टेशन छन् । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् ।

स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ । जयनगरमा चार लाइन, इनर्वामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रह्ने छ ।
बेलायत सरकारले तत्कालीन सरकार युद्ध शम्शेरको पालामा वि. स. १९९४ मा जयनगरदेखि महोत्तरीको विजलपुरासम्म संचालन गरेको थियो ।
२०५९ सालमा आएको भिषण बाढीले महोत्तरी जिल्लाको रातो नदीको २ सय मिटर लामो पुल भत्काएपछि रेलवे सेवा जनकपुरदेखि जयनगरसम्म खुम्चिएको थियो ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech