Advertisement

सप्तरीमा एक नगरपालिकाले छात्रालाई निःशुल्क प्लस टू पढाउने घोषणा

न्युजडेस्क
२०७८ आश्विन २७, बुधबार ०६:१८

सप्तरी। सप्तरीको एक स्थानीय तहले एसईई उत्तीर्ण गरेकी छात्राहरुलाई निःशुल्क प्लस टू पढाउने भएको छ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाले नगरभित्रका सम्पूर्ण छात्रालाई निःशुल्क रुपमा प्लस टू पढाउने भएको हो। नगर प्रमुख शैलेश साहले एसएलसी या एसईई उत्तिर्ण गरेकी छात्रालाई प्लस टू पढ्न लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने बताए ।

कक्षा ११ मा भर्ना हुने छात्राको रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र मासिक शुल्क समेत नगरपालिकाले व्यहोर्ने बताए । एसईई उत्तिर्ण गरेपछि माथिल्लो तहको शिक्षा ग्रहण गर्ने छात्राको संख्या कमै देखिएकाले छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन नगर सभाले निर्णय गरेर यस बर्षदेखि कार्यान्वयनमा ल्याइएको उनले बताए ।

नगर प्रमुख साहले दलित छात्र तथा छात्रालाई सिटिइभिटी अन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने बताए ।

समग्र समाज शिक्षित नभएसम्म नगरको विकास हुन नसक्ने बताउँदै साहले भने, ‘समाजलाई शिक्षित हुनु जरुरी छ । त्यसका निम्ति हामी काम गर्छौं ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर