Advertisement
☰

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सपथ ५ बजे

न्युजडेस्क
२०७८ श्रावण १०, आईतवार १६:२२

नवनियुक्त स्वास्थ्य मन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

श्रेष्ठ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुन् भने करिब ३९ वर्षदेखि उनी शिक्षा क्षेत्रमा क्रियाशिल रहेका छन् ।

राजधानीको चर्चित स्कुल लिटिल एन्जल्सको सञ्चालक समेत रहेका उनको कृषि, जलविद्युतलगायतका क्षेत्रमा पनि  लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर