Advertisement

कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्साका सरोकारवालाहरु संग मुख्यमन्त्री राउतको छलफल

न्युजडेस्क
२०७७ भाद्र ९, मंगलवार २२:४९

पथलैया (बारा) भदौ ९ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्सा जिल्लाको सरोकारबालाहरु संग आज छलफल गर्नु भएको छ ।


बाराको पथलैया स्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बलको सभाकक्षमा आयोजित छलफलमा मुख्यमन्त्री राउतले महामारीको प्रकोप बढदै गएको अवस्थामा महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विगतमा गरेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदमहरु सरोकारबलाहरु सुझाव मांग्नु भएको थियो ।
छलफलका सहभागीहरुले महामारी नियन्त्रणका लागि प्रदेश सरकारले इमान्दारिताका साथ प्रयास गरे पनि झन्झटिलो खरिद प्रक्रियाले समस्या देखाएको गुनासो गरेका थिए ।


कार्यक्रममा बारा र पर्साका स्थानीय तहका प्रमुखहरुले जाँचमा गति र आइसोलेशन कक्ष थप गर्न मांग गरेका थिए ।
छलफलमा उठेका प्रश्नहरुको जवाव दिनु हुँदै मुख्यमन्त्री राउतले जाँचको गतिलाई तीब्रता दिन हाल संचालनमा रहेका ल्याबहरु मेसिन थप गर्नुका साथै रौतटहको गौर सहित सबै जिल्ला अस्पतालमा ल्याव संचालनको प्रक्रिया शुरु भै सकेको जानकारी दिनु भयो ।


कार्यक्रममा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन पोखरेल , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरु, बारा र पर्साका स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सुरक्षा निकायका पदाधिकारी, अस्पतालका मेसु , जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर