Advertisement

नक्कली पेस्तोल देखाई लुटपाट

न्युजडेस्क
२०७९ भाद्र २८, मंगलवार ०९:५६


काठमाडौं । प्रहरीले नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई हाल काठमाडौंको हाडीगाउँ बस्‍ने ४९ वर्षीय बाल सुन्दर सापकोटा र २० वर्षीय अर्जुन कार्की छन् ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हाँडी गाउँबाट पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट मोबाइल, २ वटा नक्कली पेस्तोल, स्मार्ट घडी र केही नगद बरामद गरेको छ ।उनीहरुले हामी प्रहरी हौ भन्‍दै पेस्तोल देखाइ लुटपाट गरेको प्रहरीको दाबी छ ।पक्राउ परेका उनीहरुमाथि डाँका कसूरमा आवश्‍यक कारबाहीको लागि प्रहरी वृत बानेश्वरमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर