• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश न २ जलेश्वर अस्पतालमा संघीयताको प्रभाव, प्रदेश सरकारको सक्रियतामा फेरिदै स्वरुप

२०७७ भाद्र १४, आईतवार ०८:३३

जलेश्वर, भदौ १४ ।
जलेश्वर अस्पतालको ईतिहास झण्डै १३० वर्ष भन्दा वढीको छ । यति धेरै वर्षको ईतिहास वोकेको जलेश्वर अस्पताल उन्नती भन्दा पनि अवनति हुदै जादा रेफरर अस्पतालको नामले परिचित भैसककोमा प्रदेश सरकार पुनः अस्पतालाई उसको गुमेको पहिचान स्थापित गराउन प्रयास थालेको छन । श्री ३ विर शमशेर जंगवहादुर राणाले वि.सं. १९४७ मा काठमाडौंमा विर अस्पताल स्थापना गरेका थिए । सो पछि उपत्यका वाहिरका शहरहरु विरगंज,जलेश्वर,हनुमाननगर,तौलिहवा र नेपालगंजमा उनैको पालमा पृथ्वी विर अस्पतालको नामले अस्पतालहरु स्थापना भए । तत्कालिन वेला देखि वि.सं. २०२८ सालसम्म जलेश्वर अस्पतालले अंचल अस्पतालको रुपमा सेवा प्रवाह गरेको देखिन्छ ।
जलेश्वर अस्पताल वि.सं. २०२८ साल तिर तत्कालिन गृह मन्त्रि भोजराज घिमिरेको पालामा १५ शैयाको जिल्ला अस्पतालमा अवनति भयो । सोको भण्डै ४९ वर्ष पछि प्रदेश २ सरकारले पुनः जलेश्वर अस्पताललाई ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । हाल ५० शैयाको लागि चाहिने जनशक्ति तथा साधन स्रोत उपलब्ध गराउन प्रकृया थालिएको छ । निकट भविष्यमै प्रदेश सरकारको निर्णय कार्यान्वयन भई ५० शैयाको दरवन्दी थप भई जलेश्वर अस्पतालले सेवा विस्तार गर्ने आशा जलेश्वर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय व्यक्त गर्छन ।


वर्षौ पहिले जलेश्वर अस्पतालमा कार्यरत रहेकै वेला कालाजार उपचारको लागि विशेष ख्याती कमाएको जलेश्वर अस्पताल पछिल्लो समय रेफरर अस्पतालको रुपमा समेत बदनाम रहेकोमा पुनः अस्पताल सुधारको प्रकृयामा गएको छ । यस्मा निसंदेह अस्पताल समितिको अहम भुमिका रहेको स्थानियहरु वताउछन । यता विगतमै जलेश्वर अस्पताललाई कालाजार अस्पतालको रुपमा तत्कालिन समय परिचित गराउन र कालाजारको सफल उपचार गर्न डा.द्वारिका प्रसाद साहको भुमिका महत्वपुर्ण थियो ।
कुनै समयहरु फोहोरको डंगुर,कर्मचारीको मनोपोली,साधन स्रोतको अभाव,दक्ष जनशक्ति अभाव लगायतका दर्जनौ समस्याको विच संचालन हुदै आएको जलेश्वर अस्पताल पछिल्लो केहि समय जलेश्वर नगरपालिकाको अधिनस्त र सो पछि प्रदेश सरकारले हेर्ने गरि व्यवस्था भयो ।
अध्यक्ष पाण्डे जलेश्वर अस्पतालको स्वरुप फेर्नुमा आफुमात्र नभई आफ्नो सम्पुर्ण अस्पताल समिति र कार्यरत जनशक्तिको सहयोग रहेको वताउछन । यता ५ वटा भेन्टिलेटर सहितको सुविधा अस्पताल संचालन तथा व्यवस्थापन समितिले तयारी अवस्थामा राखेपनि प्रदेशबाट अझै उक्त भेन्टिलेटर चलाउने दक्ष जनशक्ति भने पुर्ति हुन नसकेको अध्यक्ष पाण्डेय वताउछन । त्यसतै जलेश्वर अस्पतालमै कोरोना संक्रमण जाच्ने पिसिआर मेसिन संचालनको लागि समेत प्रदेश सरकारबाट निर्णय भएको र पिसिआर मेसिन जडानको लागि कागजी तथा कानुनी देखि सामान उपलब्धताको लागि कार्य भैरहेको सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको भनाई छ ।
जलेश्वर अस्पतालले सौन्दर्यीकरण,पुरानो र नयाँ भवन मर्मत तथा सुधार,पार्क निर्माण,सरसफाई,फोहोर मैला व्यवस्थापन,सटरहरु निर्माण,वाउण्ड्रीहरु मर्मत,आईसियु निर्माण,विभिन्न उपचार गर्ने कोरोना र आकस्मिक उपचार कक्ष तथा आईसियुमा अक्सिजन तथा सक्सन पाईप जडान,नयाँ एक्सरे मेसिन तथा भेन्टिलेर,अल्ट्रासाउण्ड लगायतका मेसिन जडान,अटोमेटिक एनालाईजर जडान,पचास केवीको नयाँ स्टेवलाईजर,वायो ग्यास चेम्वर निर्माण,फोहोर व्यवस्थापन भवन र फोहोर फाल्ने टेलर खरिद लगायतको काम विगत ६ महिनामा गरेको अध्यक्ष पाण्डेय वताउछन । अध्यक्षको अस्पताल सुधार्ने अठोटले नै भौतिक,वातावरणिय र अन्य विभिन्न सुधारहरु भएको अस्पतालका कर्मचारी तथा स्थानियहरु समेतले वताईरहदा अध्यक्ष पाण्डेयले हालसम्म दश प्रतिशत काम मात्र गर्न सकेको बताउछन । अस्पतालले मर्मत र केहि नयाँ संरचना र केहि पुरानै संरचनासंगै परामर्शदाताहरुको सहयोग लिएको अध्यक्ष पाण्डेय वताउछन ।
अध्यक्ष पाण्डेले अस्पतालको मुहार फेरिनुमा जिल्ला स्थित नेताहरुको पहलकदमी प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको विशेष निगरानी र समाजिक विकास मन्त्री नवल किसोर साहको विशेष पहल रहेको बताउछन ।


उनी यस आर्थिक वर्षमा अक्सिजन ग्यास प्लान्ट,६ डेकरको शव राख्ने डिप फ्रिज,नयाँ पोष्टमार्टम घर,सोलार प्यानल र प्रादेश स्तरिय सरुवा रोग तथा अनुसन्धान केन्द्र स्थापनाको तयारी रहेको वताउछन । तर कोरोना संक्रमित अस्पताल पुग्दा अझै आफ्नो केहि कार्य अधुरो नै रहेको उनी वताउछन । कोरोना विशेष अस्पताल तर्फ आईसोलेसन भित्र साईवर तथा विरामी निगरानी कक्ष,केहि स्थानमा संरचनात्मक कार्य र क्यान्टिन लगायतका कार्य अधुरो रहेको वताउछन । उनी हाललाई आईसोलेसनको प्रत्येक वेडमा माईक,प्रत्येक कोठामा सिसिटिभी क्यामेरा ,प्रत्येक कोठामा एलईडी टिभी र एक दुई तिन कोठा वाहेकको सवै कोठामा एसी समेतको जडान गराएको अध्यक्ष पाण्डेय वताउछन ।
कोभिड अस्पताल संचालनको लागि प्रदेश सरकारबाट दुई करोड ३२ लाखका साथै आईसोलेसनमा वस्नेहरुको खानाको लागि २५ लाख र जनशक्तिको लागि ९८ लाख पाईसकेको जलेश्वर अस्पतालले कोरोनामा खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सय प्रतिशत जोखिम भत्ता समेत उपलब्ध गराएको अध्यक्ष पाण्डेय वताउछन । उनी यो वाहेक समेत अस्पतालको विकास निर्माणको लागि आएको रकमबाट भेन्टिलेटर खरिद लगायतको कार्य भएको वताउछन । २३ जनाको दरवन्दी रहेको जलेश्वर अस्पतालमा १८ जना चिकित्सक सहित १३२ जनाले विभिन्न सिफ्टमा सेवा दिईरहेको उनी वताउछन ।
यता कोरोना विशेष अस्पतालकै सन्दर्भमा प्रत्येक आउने विरामीलाई अस्पतालमा वसुन्जेल प्रयोगमा आउने पानी तताउने सामग्री देखि व्रस,पेष्ट र वेडसिट लगायतको सामग्री उपलब्ध गराउने गरिएको र प्रत्येक संक्रमितलाई रिभाईटल लगायतका इम्युनिटी पावर वढाउने औषधीहरु समेत उपलब्ध गराउने गरिएको उनको भनाई छ । हाल जलेश्वर अस्पतालमा २४ घन्टे ल्याव,एक्सरे र फार्मेशी सेवा समेत नियमित चलिरहेको उनी वताउछन ।
उनी अस्पतालमा आफुले जिम्मेवारी पाएदेखि थोरैमात्र काम गर्न सकेको बताउदै अझै धेरै चुनौतीहरु रहेको वताउछन । अस्पताललाई चाहिने धेरै दक्ष जनशक्ति उपलब्ध हुन नसकेको,स्थाई कर्मचारी तथा अन्यमा समेत यथास्थितिवादी हावी भएको,केन्द्र स्तरकै सेवा सुविधा समेत जनताले निशुल्क पाउनु पर्ने अपेक्षा राखेको र जवाफदेहिताबाट कर्मचारी पन्छिने गरेको उनको गुनासो छ । सामान उपलब्ध हुदा समेत अझै रेफर गरिदिउ रिस्क किन लिने जस्ता सोच परिवर्तन गर्न आफु प्रयासरत रहेको उनको भनाई छ ।
यता स्थानियहरु भने अस्पतालमा सौन्दर्यता थपिएपनि अझै उपचारमा हुने लापरवाही समाप्त हुन नसकेको वताउछन । अस्पताल वाहिरबाट राम्रो देखिएपनि भित्री मजवुतीको लागि धेरै काम वाकि रहेको उनीहरुको भनाई छ । जलेश्वर अस्पतालमा यि केहि असन्तुष्टी हुदा हुदै समय परिवर्तनसंगै अस्पतालमा परिवर्तन भएको समेत अन्य सर्वसाधारणले स्विकारेका छन । केहि वर्षसम्म आजित रहेका जनताहरु वर्तमानमा अस्पतालमा परिवर्तन हुदै गर्दा अस्पतालले काचुली फेर्न लागेको समेत वताउछन । विगतमा दर्जनौ पटक उपचारमै लापरवाही हुदा धेरै विरामीले ज्यान गुमाएको आरोपमा तोडफोड भएको घटनाहरु अझै ताजै रहेकोमा अस्पतालले विगतबाट पाठ सिक्दै परिवर्तन सुरु गरेको छ । पुनः जिल्ला अस्पताल जलेश्वर तर्फ आशाको दृष्टीले जनता हेर्न थालेका छन । उनीहरु अस्पतालको विकास हुदा भ्रष्टाचार र गलत स्वार्थ मुक्त किसिमले होस भन्ने आशा व्यक्त गर्छन ।
यता जलेश्वर अस्पतालले कोरोना विशेष अस्पतालको रुपमा सय शैयाको आईसोलेसन संचालनमा ल्याएपछि १३ महिला सहित ३३६ जना कोरोना संक्रमितले सेवा लिईसकेका छन भने सो मध्ये १२ महिला सहित ३१५ संक्रमित डिस्चार्ज भैसकेका छन । हाल उक्त आईसोलेसनमा एक महिला सहित २१ जना उपचाररत छन ।


त्यसतै जलेश्वर अस्पतालको कोरोना वाहेकको अन्य सेवाहरु समेत नियमित संचालनमा रहेको जलेश्वर अस्पतालले जनाएको छ । अस्पताल भित्रै एआरटी सेन्टर,एमसिएच,आकस्मिक सेवा,ओपिडी,प्रसुति लगायतको सेवाहरु नियमित संचालनमा छन । तर पहिलेको एक्सरे मेसिन कोरोना अस्पताल भित्रै रहेकोले सो संचालन हुन सकेको छैन । नयाँ आएको एक्सरे मेसिन अहिले जडान भैरहेको र चाडै संचालन हुने अस्पतालले जनाएको छ ।
अस्तालले पहिले भन्दा वढी कोरोना वाहेकको विरामीहरुलाई सेवा दिईरहेको र विभिन्न जाच तथा टिकटवाटै दैनिक ३० देखि ४० हजार रकम संकलन गर्ने गरको अध्यक्ष पाण्डेय वताउछन । कोरोनाकालमै समेत मासिक १५० भन्दा वढीलाई प्रसुति सेवा दिने गरेको जलेश्वर अस्पतालमा आकस्मिक उपचार र ओपिडीकै लागि समेत अत्यधिक विरामी आउने गरेका छन । अस्तालमा शव वाहन र एम्बुलेन्स समेत आउने प्रकृयामा छ ।

सम्बन्धित खवर

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू
प्रदेश विशेष

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन
प्रदेश विशेष

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले

ताजा समाचार

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech