• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश न २ का फेरिएला राउत सरकार ?

२०७७ भाद्र १४, आईतवार ०८:५६

राजपा र समाजवादीबीच एकीकरण भएपछि अब संसदीय दल पनि एकीकृत गरी नेता चयन गर्नुपर्नेछ । संसदीय दलको नेता चयन गर्नेक्रममा सरकारसमेत फेर्ने सूक्ष्म चलखेल जसपाभित्र सुरु भएको छ

संसदीय दलको नेता जो बन्छ, त्यो मुख्यमन्त्रीको दाबेदार हुन्छ । त्यसैले संसदीय दलको नेताबाट राउतलाई हटाएर आफ्नो पक्षमा ल्याउन केही अकांक्षी शीर्ष नेताहरूकहाँ दौडधुप गर्न थालेका छन् । यो दौडमा विशेषगरी तत्कालीन राजपाका नेताहरू अग्रपंक्तिमा छन् । दुई वर्षभन्दा बढी तत्कालीन समाजवादी पक्षका राउतले सरकारको नेतृत्व गरेकाले अब आफूहरूले पाउनुपर्ने राजपा पक्षधरको दाबी छ ।

प्रदेश २ मा तत्कालीन राजपा र समाजवादीको संयुक्त सरकार छ । दल एकीकरणपछि प्रदेश सरकारको पनि नेतृत्व फेरिने अड्कलबाजीलाई जसपाका शीर्ष नेताहरू ठाडै अस्वीकार गर्छन् । तर एकीकृत पार्टीमा संसदीय दलको नेता फेरि छान्नुपर्ने कानुनी प्रावधान भएकाले यो क्रममा सरकार फेर्नेसम्मको कसरत भित्रभित्रै भइरहेको छ । अहिले पनि प्रदेश २ मा समाजवादी र राजपाका फरक–फरक संसदीय दलका नेता र सचेतक छन् ।

प्रदेश २ मा १ सय ७ जना सांसद छन् । तत्कालीन समाजवादीका २९ र राजपाका २५ । एक जना स्वतन्त्र सांसद शेष अब्दुल कलामले सुरुदेखि नै समाजवादी पार्टीलाई समर्थन दिइरहेका छन् । ५५ जना सांसदको समर्थनमा प्रदेश २ मा जसपाको बहुमतको सरकार छ । प्रमुख प्रतिपक्षी नेकपासँग ३२, कांग्रेससँग १९ र रिजवान अन्सारीको नेपाली संघीय समाजवादी पार्टीसँग १ सांसद छन् । प्रदेश सरकारमा तत्कालीन समाजवादीबाट मुख्यमन्त्री राउतसहित तीन मन्त्री छन् भने तत्कालीन राजपाबाट प्रदेशसभाका सभामुख सरोज यादवसहित तीन मन्त्री छन् । प्रदेश २ मा सरकार बनाउन ५४ सांसद चाहिन्छ । अहिलेको सरकारसँग त्यो भन्दा १ सिट बढी ५५ सांसद छन् । सरकार बनाउन पुग/नपुग मात्र रहेको बहुमतलाई ‘दायाँबायाँ’ गरेर सत्ता समीकरण फेर्ने दाउमा विपक्षी दल पनि छन् ।

अढाई वर्ष सरकारको नेतृत्व समाजवादी पक्षले गरेको तर्क गर्दै राजपा पक्षका नेताहरूले प्रदेश २ सरकारको नेतृत्व अब आफूहरूको हातमा हुनुपर्ने अडान राख्न थालेका छन् । स्रोतका अनुसार राजपा पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल संसदीय दलको नेता बन्ने दाउमा छन् । सोनल प्रदेश २ मा राजपाका संसदीय दलका नेता अझै छन् । समाजवादीभित्र पनि संसदीय दलको नेता फेर्नुपर्ने माग उठ्न थालेको छ । समाजवादीका संसदीय दलका नेता मुख्यमन्त्री राउत हुन् ।

एकीकृत दल बनेपछि संसदीय दलको नेता पनि छनोट गरिने भएकाले यही मौकामा मुख्यमन्त्रीका आकांक्षीहरू उक्त पद आफ्नो पोल्टामा पार्ने योजनामा बसेका हुन् । दलका नेता निर्वाचनमार्फत छानिए आफ्नो पल्ला भारी राख्न मुख्यमन्त्रीका आकांक्षीहरूले शीर्ष नेतासँगको दौडधुप पनि बढाएका छन् । जसपा उच्च स्रोतका अनुसार पार्टी समायोजनपछि प्रदेश २ मा संसदीय दलका नेता आपसी समझदारीमै तोकिनेछ । यसअघि पनि प्रदेश २ मा समाजवादी पार्टीले दलका नेतामा राउत र राजपाले दलका नेतामा सोनललाई सिधै छनोट गरेका थिए ।

भदौ ३ गते जसपाले जारी गरेको समायोजन निर्देशिकामा अध्यक्ष र नेतृत्व छनोटको मापदण्ड तोकेको छ । ‘अध्यक्ष वा नेतृत्वको चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरू, संगठनात्मक स्थिति, पछिल्लो निर्वाचनमा प्राप्त मतपरिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारितालाई’ मापदण्ड मानिने निर्देशिकामा उल्लेख छ । निर्देशिकाको यही मापदण्डलाई टेकेर प्रदेश २ सरकारको नेतृत्वमा राउत नै रहिरहने उनी पक्षधरको दाबी छ । प्रदेश २ सरकार हेरफेर हुने अड्कलबाजी तीव्र बनेका बेला जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भने यसलाई ‘बजारिया हल्ला’ भएको टिप्पणी गरे । ‘प्रदेश २ को सरकार तत्काल हेरफेर हुन्न,’ शुक्रबार बिहान कान्तिपुरसँग यादवले भने, ‘सरकार, मन्त्री र सांसदको कामको मूल्यांकन गरेपछि मात्रै पार्टीले धारणा बनाउनेछ । अहिले हावातालमा सरकार हेरफेर हुन्न ।’ दल एकीकरणपछि सरकार हेरफेर हुने अड्कलबाजी त धेरै छ नि ? भन्ने जिज्ञासामा उनले भने, ‘दुई दल मिलेका छन् । प्रदेश २ मा संसदीय दल एउटै बनाउन बाँकी छ । केहीले त्यही सम्भावना छ कि भन्ने अन्दाज गरिरहेका होलान् तर त्यो अहिले सम्भव छैन ।’

मुख्यमन्त्री राउतले पनि आफ्नो नेतृत्वको सरकारलाई ‘संकट’ आइनपरेको बताउँछन् । उनले दुई दल एक भएपछि धेरैथोक व्यवस्थापन गर्न बाँकी रहेको बताए । ‘पार्टीले खटाएको काम गर्ने हो । पार्टीको निर्देशन र आदेशपालन गर्ने नेता हौं हामी,’ मुख्यमन्त्री राउतले भने, ‘पार्टीले जुन भूमिकामा राख्छ । त्यो मान्छौं ।’

कार्यदलमा बाबुराम कि राजेन्द्र ?

मुख्यमन्त्रीलगायत मन्त्रीहरू फेरिने हल्लालाई चिर्दै जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ सरकारलाई ‘प्रभावकारी’ बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने गृहकार्य थालेको छ । संयन्त्र बनाउन दलमा सहमति बने पनि नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लाग्न बाँकी छ ।

पार्टी अध्यक्ष यादवले समायोजनको काम सकिनेबित्तिकै प्रदेश २ सरकारलाई प्रभावकारी बनाउन ‘केन्द्रीय निकाय’ बनाइने स्पष्ट पारे । ‘सरकारको कामलाई प्रभावकारी कुनै निकायमार्फत नै गरिनेछ,’ यादवले भने । प्रदेश २ सरकारलाई प्रभावकारी बनाएर मधेसको भोट बैंकलाई आफूतिर रोकिराख्ने जसपाको रणनीति छ । त्यसैले सरकारलाई लोकप्रिय बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने गृहकार्य थालेको हो ।

जसपा उच्च स्रोतका अनुसार संयन्त्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेता अशोक राई र राजेन्द्र महतोलाई राख्ने मोटामोटी सहमति भइसकेको छ । तर संयन्त्रको नेतृत्व भट्टराईले गर्ने कि महतोले त्यसमा भने विवाद छ । समाजवादी पक्षले भट्टराईको नेतृत्वमा संयन्त्र बनाउन चाहेको छ भने पूर्वराजपाले महतोको नेतृत्वमा । ‘भट्टराई पूर्वप्रधानमन्त्री रहेकाले उनमा सरकार हाँक्ने अनुभवसमेत हुँदा संयन्त्रको नेतृत्व लिनुपर्ने हाम्रो पनि माग हो,’ जसपाका एक नेताले भने, ‘राजेन्द्रजी संयन्त्रमा बस्दा उहाँको अनुभव र सल्लाहले पनि फाइदा पुग्छ ।’

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech