प्रदेश न २ जनकपुरधाम रहेको पा्रदेशिक अस्पताल लाई क्लोथ बैंक धनुषाले ल्याएको भेन्टिलेटर प्रादेशिक अस्पताल जनकपुरधामलाई हस्तान्तरण गरिको छ ।
क्लोथ बैंकका सचिव मनिष झा श्रीओम सहित क्लोथ बैंक धनुषाको होम आइशोलेसन केयर अभियानका अभियानीहरु अस्पताल पुगेर भेन्टिलेटर हस्तान्तरण गरेका हुन । भेन्टिलेटर बुझदै प्रादेशिक अस्पतालका निमित प्रमुख तथा कोभिड १९ धनुषाका संयोजक डा.जामुन प्रसाद सिंह सहितकाले सहयोगका लागि बैंकलाई धन्यवाद दिएका छन् । प्राप्त भेन्टिलेटरको सक्दो सदुपयोग हुने उनले बताए ।
सो अवसरमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यहरु हकिम राइन, राम उदित राम सहितकाले समेत बैंकलाई सहयोगका लागि धन्यवाद दिएका छन् । बैंकको तर्फवाट सचिव झा सहित अभियानीहरु जानी खान, सलामत राइन र प्रशान्त झा सहितको समेत उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्