Advertisement

आठ वटै जिल्लाहरु बाट आएको सुझाव यथाशीघ्र कार्यान्वयन गर्छौ ः मुख्यमन्त्री राउत

न्युजडेस्क
२०७७ भाद्र १६, मंगलवार १७:५१

जनकपुरधाम, भदौ १६ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका लागि आठ वटै जिल्लाहरुबाट प्राप्त सुझावहरु यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
आज अन्तिम दिन धनुषा र महोत्तरीका सरोकारबलाहरु संग महामारी नियन्त्रणका लागि चाल्नु पर्ने कदमहरु बारे सुझाव लिन बर्दीबासमा सम्पन्न भएको छलफलमा मुख्यमन्त्री राउतले भन्नु भयो, महामारी नियन्त्रणमा भै रहेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदम बारे आठ वटै जिल्लाका सरोकारबालाहरुले दिनु भएको सुझावमा कतिपय कार्यान्वयनको चरणमा रहेको र बाँकी यथाशीघ्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अहिलेको महामारीको समयमा लामो गफ होइन काम गर्ने बेला रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ जनता बाँचे पछि मात्र विकास गर्ने हो, अहिलेको समयमा जनताको ज्यानको रक्षा गर्न हामी सबै जुटौ ।
बर्दीवासमा संचालनमा आएको पिसिआर ल्याबमा समेत प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साहले महामारी नियन्त्रणको लागी जनचेतना नै सबै भन्दा ठुलो हतियार बन्ने भएकोले त्यसमा जुटन आग्रह गर्नु भयो् ।
कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, जनकपुर उपमहानगरका प्रमुख लालकिसोर साह, बर्दीवास नगरका प्रमुख विदुर कार्की, सोनमा गाउपालिकाका प्रमुख राजकुमार यादव सहितका सम्बोधन गर्नु भएको थियो् ।
कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नु पर्ने कदम बारे आ–आफनो प्रस्तुती राख्नु भएको थियो ।
यस अघि प्रदेश सरकारले सरोकारबालाहरु संग सुझाव लिन पर्सा र बाराको पथलैयामा, रौतटह र सर्लाहीको हरिवनमा , सप्तरी र सिरहाको लहानमा छलफल गरेको थियो ।
कार्यक्रममा दुबै जिल्लाका सुरक्षा अधिकारीहरु, अस्पताका मेसु सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर