Advertisement
☰

पाकेटमार महिला पक्राउ

न्युजडेस्क
२०७७ फाल्गुन २६, बुधबार १८:४५

काठमाडौं प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो । पकेट मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।


दुवै जनाले कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चोरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३४ हजार ५५० रूपैयाँ बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर