Advertisement
☰

पशुमा देखापरेको `लम्पी स्किन´ रोगको नियन्त्रण को लागि आठै जिल्ला पठाईयो `रैपिड टिम´: मन्त्री साह

न्युजडेस्क
२०७७ भाद्र २४, बुधबार १८:१७

काठमाडौं । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले रोगी पशुपंक्षीलाई समयमा नै चिन्नु पर्ने बताएका छन् ।

समाजिक सञ्जाल फेसु्कमाफर्त मन्त्री साहले रोगी पशुपंक्षीलाई समयमा नै चिनेर सक्दो चाडो उपचार गर्नुपर्ने बताएका हुन् । उनले फेसबुकमा ‘पशु निरोगी भए उत्पादन पनि राम्रो हुन्छ । अन्यथा ठूलो हानी नोक्सानी हुन सक्छ । तसर्थ रोगी पशुपंक्षीलाई समयमा नै चिनेर जति सक्दो चाडो उपचार गर्नु पर्छ ।’ भनेका छन् ।

साथै मन्त्री साहले अहिले स्थानीय तहहरुमा पशुमा महामारीको रुपमा देखापरेको लम्पी स्किन रोगको रोकथाम र उचारकालागि मंत्रालयले ‘रैपिड प्रतिक्रिया टीम’ आठ‌ै जिल्लामा पठाएको पनि जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर