Advertisement

एस एल सि २०४३ उतिर्ण सहपाठी मिलन समारोह

न्युजडेस्क
२०८१ कार्तिक १९, सोमबार १९:२३

जनकपुरधाम,कार्तिक १९ गते ।धनुषा जिल्लाका प्रसिद्ध श्री कन्टिर झा नामूना माध्यमिक विधालय बभनगामाबाट २०४३ सालमा एस एल सि उतिर्ण सहपाठी विधार्थीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका छन।

श्री कन्टिर झा नामुना माध्यमिक विधालय बभनगामा अध्ययन गरेका प्रदेश सांसद रामअशिष यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा एस एल सि २०४३ सालमा उतिर्ण विधार्थीहरु मध्ये आआफ्नो क्षेत्रमा अगाडि बढिरहेका सहपाठी कक्षा साथीहरू दिलिप साह,रामदेव साह,परमेश्वर साह र शैलेन्द्र मल्लिकलाई सम्मान पनि गरिएको छ।
अघिल्लो वर्ष मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादव र नेपाल सरकार का सहसचिव जीबछ मंडललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा युवा अभियन्ता रौकी प्रसाद साहले प्रदेश सांसद रामअशिष यादवको सफलताको कथाको कम्प्युटर प्रविधि प्रयोग गरि प्रस्तुत गरेका छन ।
वातावरण को सन्देश दिदै सहभागीलाई एक एक वटा अमला को विरुवा पनि वितरण गरिएको कुरा कार्यक्रम संचालक ओम प्रकाश चौधरीले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर