• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपालमा न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालीको दशैं 

२०७७ भाद्र २६, शुक्रबार १५:०८

व्यापारी, उपभोक्ता दुवैमा छैन चाडवाडको उत्साह

२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपाली भने कोरोनाका कारण माहोल अर्कै छ ।

काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो । तीन साता लामो निषेधाज्ञा बिहीबारबाट खुकुलो बनाइयो । केही बन्देजहरुसहित  बजार नियन्त्रितरुपमा खुला गरिएको छ । पसलहरु खोल्न बार तोकिएको छ । के अबका दिनमा बजारमा दशैंको चहलपहल सुरु होला त ?

सरकारले निषेधाज्ञा खुकुलो गरेको कोरोना संक्रमण घटेर होइन । अहिले पनि संक्रमण बढ्दो क्रममा नै छ । लामो समयको निषेधाज्ञाले दैनिक काम गरेर खानुपर्ने बर्गलाई रोजिरोटीमै समस्या आएको थियो । त्यही दवावले गर्दा निषेधाज्ञा खुकुलो बनाइएको हो । निषेधाज्ञा खुल्यो भनेर निस्फक्री हिँडडुल गर्ने अवस्था छैन ।

उपत्यकामा व्यपार-व्यवसायसँगै सार्वजनिक यातायात सञ्चालनलाई पनि सञ्चालनको अनुमति दिइएको छ । चैतमा लकडाउन सुरुभएपछि सार्वजनिक सवारीसाधन सडकमा निस्किन पाएका थिएनन् । अब जोर-विजोर प्रणालीमा चल्न पाउने भएका छन् । यसले शहरभित्रको आवागमन केही खुकुलो बनाएको छ ।

लामो दुरीका सवारीसाधनलाई भने अझै खुला गरिएको छैन । साथै, दशैंमा बाक्लो चहलपहल रोक्न छोटो दुरीका सवारीसाधनमा फेरि बन्द लाग्ने सम्भावना पनि यथावत छ । त्यसैले व्यवसायीहरु यसपाली दशैंमा पहिलेजस्तो व्यापार नहुने कुराले चिन्तित छन् ।

६ महिनासम्म लम्बिएको लकडाउनका कारण देशका उद्योगधन्दाहरु ठप्प बने । धेरैले रोजगार गुमाएका छन् । साना व्यवसायीहरुको पनि उठिवास लागेको छ ।

नियमित तलब खाइरहेका सानो वर्गबाहेक हरेक उपभोक्ताको क्रयशक्तिमा ह्रास आएकाले यसपाली खुलेर दशैं मान्ने मुडमा कोही पनि छैन । धेरै परिवारका लागि दशैं दशा बन्ने निश्चित छ । पहिलेजस्तो दशैंमा महंगा सामानहरु खरिद गर्ने अवस्थामा निकै कम उपभोक्ताहरु छन् ।

अर्कोतर्फ काठमाडौमा भाडामा बसिरहेका मानिसहरु आफ्नो घर फर्किन पाउने नपाउने टुंगो पनि छैन । बाबुआमा गाउँमा र छोराछोरी शहरमा बसेर दशैं मान्नुपर्ने अवस्था हुनसक्छ यसपाली । सरकारले दशैंलाई भनेर लामो दुरीको सवारीसाधन खुला गरेन भने बाबुआमाले छोराछोरीलाई भिडियोमा हेरेर टिको लगाइदिनुको विकल्पन हुन्न । यदि सवारी साधन खुल्यो भने पनि कोरोनाका कारण मानिसहरु ह्वारह्वारी गाउँ पस्नु प्रत्यूत्पादक हुन सक्छ ।

खाद्यान्नको व्यापार शिथिल

दशैंको मुख्य व्यापार मध्येको एक हो खाद्यान्न । मिठो खाने र राम्रो लगाउने पर्वहरु खाद्यान्न व्यवसायीका लागि कमाउने अवसर पनि हुन् । तर यसपाली उनीहरु उत्साही छैनन् ।

खाद्यान्नका खुद्रा व्यवसायीहरु यसपालीको दशैं राम्रो हुने कुनै लक्षण नदेखिएको बताउँछन् । निषेधाज्ञा खुकुलो भए पनि पूर्णरुपमा नहटेकाले व्यापार उकासिने अवस्था नरहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

पसलमा भएका सामान खासै नबिकेको र होलसेलहरु पनि दशैंप्रति उत्साहित नदेखिएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘बाहिरका मान्छे काठमाडौं आउन नसक्ने, आएर पनि जाने टुंगो छैन । अर्कोतर्फ यातायात नखुल्दा दशैंप्रति आशा जागेको छैन,’ उनले भने ।

उपभोक्ताको क्रयशक्ति घटेकाले पनि दशैंमा पहिलेजस्तो रौनक नहुने उनको अनुमान छ । सामान नबिकेका कारण थप लगानी गर्न पनि अप्ठ्यारो भएको उनले सुनाए ।

लकडाउन भर्खर सुरु हुँदा खाद्यान्नको व्यापार मारामार भएको थियो । घरभित्र थुनिएका काठमाडौंवासी मिठा-मिठा परिकार खाएर केही दिन बिताए । चामल, पिठो, नून, तेल, मसला लगायतको विक्री पहिलेभन्दा उच्च भयो । तर, अहिले सबै उपभोक्ता सिथिल भएका छन् । लकडाउन ६ महिनासम्म लम्बिँदा सबैको खल्ति रित्तिएको छ । त्यसैले खाद्यान्नको व्यापार ओरालो लागेको हो ।

कपडाका व्यापारी निराश

सामान्य अवस्थामा दशैंका लागि नयाँ कपडा लिन मोफसलका खुद्रा ब्यापारीहरुको न्युरोडमा यतिबेला निकै ठूलो भिड हुन्थ्यो । तर निषेधाज्ञा खुकुलो भएको दोस्रो दिनसम्म यस क्षेत्रका सबै सटरसमेत खुलेका छैनन् । कपडा व्यवसायीका लागि ईतिहासमै सबैभन्दा दुःखको दशैं-तिहार यस वर्ष हुने रञ्जना व्यापार संघका अध्यक्ष अन्जान शाक्यको अनुमान छ ।

गत वर्ष माघमा चीनबाट मगाइएको सामान अझै नेपाल नआएको उनले बताए । ‘दशैं राम्रो लगाउने पर्व हो तर बजारमा नयाँ लुगा छैन, व्यापारी मारमा छन्,’ अध्यक्ष शाक्यले भने । कोरोनाका कारण बैंकको ब्याज र किस्ता तथा भएका सामानसमेत नबिक्ने चिन्ताले व्यपारीहरु पिडित बनेको उनको भनाई छ ।

बस र जहाजको टुंगो छैन

अघिल्ला वर्षलाई सम्झने हो भने दशैं मान्न घर जानुपर्ने यात्रुहरु यतिबेला अगि्रम टिकट बुकिङको चटारोमा हुन्थे । तर लामो दुरीका सवारी साधन तथा आन्तरिक सेवामा हवाई यातायात सञ्चालन हुने कुनै निधो सरकारले अहिलेसम्म गरेको छैन ।

कोभिडका कारण ६ महिनादेखि जसोतसो व्यवसाय धानेर मात्रै बसेका वायु सेवा सञ्चालकहरु असोज १ देखि उड्न नपाए कर्मचारी बिदा गर्ने अवस्थामा पुगेका छन् । ऋण धन गरेर धानेको व्यवसाय दशैंको मुखैमा झनै संकटपूर्ण अवस्थामा आईपुगेको एक व्यवसायीले बताए ।

यद्यपी पर्यटन मन्त्री योगेश भट्टराईले भने १ असोजबाट आन्तरिक उडाउन खुलाउनेबारे तयारी थालिएको बताएका छन् । ‘१ गतेदेखि उडान सुरु हुनेगरी प्रस्ताव मन्त्रालयले सीसीएमसीमा पठाएको छ, एक गते नभए १५ गतेबाट सुचारु गछौँ,’ मन्त्री भट्टराईले भने ।

यतिबेला अगि्रम टिकट बुकिङले मारामार हुने बसपार्क यतिबेला सुनसान छ । असोज १ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्न सरकारले पहल नगरे निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । सरकारले लामो दुरीको यातायात सञ्चालनबारे कुनै प्रोटोकल नबनाएका कारण अन्यौल कायमै रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

दशैं लक्षित आयात ठप्प

सामान्य अवस्थामा यतिबेला दशैंकालागि आयात हुने वस्तुले भन्सारमा निकै चाप हुन्थ्यो । तर मुख्य भन्सार कार्यालयहरु सुनसान रहेको भन्सार विभागले जनाएको छ ।

आजको मितिसम्म दशैं लक्षित आयात भन्सार बिन्दुहरुबाट नभएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘दशैं लक्षित आयातको चाप भन्सारमा देखिएको छैन, निषेधाज्ञा खुकुलो भएपछि बढ्न सक्ने अपेक्षा गरिएको छ,’ महानिर्देशक दाहालले भने । आयातका लागि थालिने प्रक्रियाहरु समेत अघि दशैकालागि भनेर खासै नभएको विभागले जनाएको छ । अबका दिनमा केही चहल पहल बढ्छ कि भन्ने अपेक्षामा विभाग छ ।

सरकारको तयारी सुरु    

बजार सुनसान भए पनि सरकारी निकायले भने दशैं लक्ष्यित अनुमनको तयारी गरेका छन् । सुपथ मूल्य पसल र चिनी आयातको तयारी पनि अगाडि बढाइएको छ ।

दशैंलक्षित बजार अनुगमनकालागि २० जना थप जनशक्ति मगाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यस्तै सहुलियत खाद्य पसल तथा चिनीको आयातकालागि प्रक्रिया सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

दशैंका लागि ३ हजार खसी तथा च्याङ्ग्रा आयात गर्न छलफल अगाडि बढाइएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्र प्रसाद सुवेदीले जानकारी दिए । यस्तै भन्सार महशुल छुटमा ल्याईने १० हजार मेटि्रकटन चिनी आयातका लागि पनि प्रक्रिया थालिएको सुवेदीले बताए ।

सम्बन्धित खवर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले

ताजा समाचार

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech