Advertisement

सूर्य थापा भन्छन् – रवि लामिछानेले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो

न्युजडेस्क
२०८१ पुष २६, शुक्रबार ०९:१४

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेले सुरुमा सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलेको दाबी गरेका छन् ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिका संयोजक सहेत रहेका थापाले यस्तो दाबी गरेका हुन् ।
जिल्ला अदालत, कास्कीले बिहीबार रिहा गरेपछि लामिछानेसहितका बारेमा निकालेको पूर्णपाठको अंश साझा सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको शेयरबापत् भुक्तानी गरेको खुलासा भएको उल्लेख गरे ।उनले लेखेका छन्, ‘सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको शेयरबापत् भुक्तानी गरेको खुलासा भयो ।’बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर