जनकपुरधाम, कार्तिक १४ गते । आज महोत्तरी जिल्ला मनरासिस्वा नगरपालिका वडा न. ६ सरपल्लोमा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत श्री सरयू मुनिलाल माध्यमिक विद्यालय सरपल्लोमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार भएको एक समारोह आयोजन गर्दै कक्षा ९ मा अध्यनरत छात्राहरुलाई प्रदेश-२ सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।
कक्षा ९ मा अध्यनरत श्री सरयू मुनिलाल माध्यमिक विद्यालय सरलल्लोमा ७२ जना छात्राहरुलाई प्रदेश न. २ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुश्वाहाद्वारा साइकल बितरण गरिएको छ।
पुर्व राज्य मन्त्री कुश्वाहाले भन्नुभयो शिक्षामा अझ वृद्धि गर्नुपर्ने समेत बताउनु भयो।
उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको वृद्धि हुने समेत बताउनु भयो । प्रधानअध्यापक एवम् शिक्षक लगायतका उपस्थिति थियोे ।
श्री नव सरयू मुनिलाल माध्यमिक विद्यालयका प्र.अ. बृजलाल सहनीको अध्यक्षता र प्रमुख अतिथि पुर्व संघीय स्वस्थ्य राज्य मन्त्री सुरेन्द्र कुमार यादव सहित विशिष्ट अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा ,बिशेष अतिथि जनता समाजबादी पार्टीका जिल्ला सदस्य रबिन्द्र कुमार सिंह,संजय सिंह, क्षेत्रीय अध्यक्ष गगन देव यादव,जसपा वडा ६ का बुथ कमिटी सदस्य सुनिल सिंह, नेकपा एमाले समाजवादी बुथ कमिटी अध्यक्ष एवम् शाखा प्रतिनिधि राजकिशोर साह समेतको उपस्थिति रहेको थियो ।
नगरपालिकाका शिक्षा अधिकृत गणेश कुमार मण्डलको उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।
प्रतिक्रिया दिनुहोस्