Advertisement
☰

दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु

न्युजडेस्क
२०७७ भाद्र ३०, मंगलवार २३:२०

द प्रदेश टाइम्स / ३० भदौ, काठमाडौं । दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी सुमित खड्काले जानकारी दिए।

पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट प्रवाह भएर आज दिउँसो साढे १ बजे उनीहरूको मृत्यु भएको हो । ‘कुलो नजिकैको एक घरमा आज १३ औं दिनको पुण्यतिथीको कार्यक्रम रहेछ, त्यो घरमा कुलोबाट पानी तानिएको रहेछ र करेन्ट लिक भएछ,’ डिएसपी खड्काले भने, ‘सधैं जस्तो पौडी खेल्न जाने बालबालिकालाई करेन्ट लाग्यो ।’

ती बालबालिकाका शवलाई पोष्टमार्टम गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर