Advertisement

गृहमन्त्री थापालाई गृहजिल्ला मै कालो झण्डा

न्युजडेस्क
२०७७ पुष २०, सोमबार २२:२१

चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा कालो झण्डा देखाइएकाे छ ।

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार गृहजिल्ला चितवन पुगेका गृहमन्त्री थापालाई नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।

पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर