Advertisement
☰

कुलमान प्रकरण नेकपालाई चर्काे पर्ने, बुधबार बिहानदेखि ठाउँ ठाउँमा सरकारविरुद्ध प्रदर्शन

न्युजडेस्क
२०७७ भाद्र ३१, बुधबार १५:११

काठमाडौं, ३१ भदौ ।
देशमा लोडसेडिङ हटाएर नेपाल बिद्युत् प्राधिकरणमा व्यापक सुधार गरेका कुलमान घिसिङलाई सरकारले फेरि नियुक्ति नगरेको भन्दै जनताको आक्रोश सडकमै देखिएको छ । बुधबार बिहान उपत्यकाका ठाउँ ठाउँमा सरकारविरुद्ध प्रदर्शन भएका छन् । बौद्ध, कालिमाटी लगायतका ठाउँमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

चार वर्षे कार्यकाल पुरा गरी घिसिङले आइतबारदेखि अवकाश पाएकोमा मंगलबार उनको बिदाई भएको थियो । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनको पुनः नियुक्ति गर्ने आँकलन गरेपनि नियुक्ति नभएपछि उनको बिदाई भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई नियुक्त नगर्न नरुचाएको स्रोत बताउँछ । माफियाहरुको प्रभावमा पारेर सरकारले अन्य व्यक्तिलाई नियुक्ति गर्न लागेपछि सर्वसाधरण सडकमा उत्रिएका छन् ।

यो प्रकरण ओली सरकारलाई महंगो पर्ने देखिएको छ । अघिल्लो चुनावमा नवराज सिलवाल तथा सुशीला कार्की प्रकरणका कारण कांग्रेसले भोट गुमाएको थियो । कुलमान प्रकरणको असर आगामी चुनावमा देखिन सक्ने धेरैले आँकलन गरेका छन् । सामाजिक सञ्जालमा समेत कुलमानलाई फेरि जिम्मेवारी नदिइएकोमा चर्काे आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर