जनकपुरधाम, असोज ७ गते । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका–२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् ।
उक्त घटनाको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्