Advertisement
☰

दम्पतीमाथि आक्रमण : श्रीमातीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

न्युजडेस्क
२०७७ आश्विन १०, शनिबार १४:४४

द प्रदेश टाइम्स / १० असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमानको अवस्था गम्भीर छ ।

देवाही गोनाही-५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । चार जनाको समूहले  धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो । जगरामीको मृत्यु भएको छ भने महेशको अवस्था गम्भीर छ ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारीलाई शुक्रबार साँझ देवाही गोनाही-५ का सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।

उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ । तीनै जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर