Advertisement

राराब क्यामपसका विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

न्युजडेस्क
२०८१ पुष १६, मंगलवार १९:२४

जनकपुरधामको राराब रामस्वरुप रामसागर बहुमुखी क्यामपसका विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्यामपसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि विरोधमा उत्रेका छन् ।

विद्यार्थीहरुले क्यामपसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्यामपस परिसर भित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन् । यस अघि आजसम्म कहिले राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्यामपसमा राखिएको थिएन ।
नियतवस निजी क्यामपसका सञ्चालकहले पैसाको चलखेल र मिलेमत्तोमा ९०० जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरुको परीक्षा केन्द्र अन्य क्यामपसमा राख्न लगाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले यो निर्णय आजै नसच्चयाए भोली मधेश प्रदेशभरि कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर