द प्रदेश टाइम्स / सप्तरी प्रदेश २ को सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा आज भएको वृहत पार्टी प्रवेस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस परित्याग गरेर करिव ५ सय युवाहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
जनता समाजवादी पार्टिका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवबाट टिका माला लगाएर उनिहरु पार्टि प्रवेस गरेका हुन ।
जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा तत्कालिन समाजवादी युवा संघका प्रदेश २ का अध्यक्ष एवं सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर अतिस सिंह यादवको अध्यक्षतामा भएको पार्टी प्रवेस कार्यक्रममा सत्येन्द्र यादव र कमल किशोर साहको नेतृत्वमा नेकपा र कांग्रेस छोडेर ५ सय युवाहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
पार्टी प्रवेस गर्नेहरुमा स्वतन्त्र युवाहरु समेत रहेका छन । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर उनिहरुलाई पार्टी प्रवेस गराउँदै जसपामा स्वागत गरेका छन ।
पार्टी प्रवेस कार्यक्रममा प्रदेश २ का भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष तथा प्रदेश २ का भुमि ब्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव लगाएत पार्टीका विभिन्न सांसद एवं नेताहरुको उपस्थिती रहेको थियो ।
नेकपा र कांग्रेसले मधेश र मधेशीको हक अधिकार सुनिश्चित गर्न कुनै चासो नदेखाएकोले बाध्य भएर आफुहरु जसपामा प्रवेस गरेको नवप्रवेसीहरुले बताएका छन ।
मधेशी जनताको अधिकार जसपाले मात्रै पुरा गर्न सक्ने भन्दै उनिहरु जसपामा प्रवेस गरेका हुन । देशमा नेकपा र कांग्रेसको अब कुनै काम नरहेको भन्दै अब देशको नेतृत्व गर्न जसपाको कुनै विकल्प नरहेको नवप्रवेसीहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्