Advertisement
☰

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

न्युजडेस्क
२०८० पुष २२, आईतवार १०:४२

काठमाडौं । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुने छ ।चुनावको नतिजा ८ जनवरी (मंगलबार) बिहानै घोषणा हुने सम्भावना छ ।यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी -बीएनपी)ले चुनाव बहिस्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।७८ वर्षीया खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् ।प्रधानमन्त्री शेख हसिनाले भने ढाकाको एक केन्द्रबाट मतदान गरिसकेकी छन् । बंगलादेश अवामी लिग पार्टीकी अध्यक्ष उनी सन् २००९ देखि प्रधानमन्त्री छिन् ।
केही जिल्लामा हिंसात्मक घटना
बंगलादेशमा ३०० सिटका लागि भइरहेको निर्वाचनको अघिल्लो दिन केही जिल्लामा हिंसात्मक गतिविधि भएका थिए । शनिबार बिहानै १० जिल्लाक करिब १७ मतदान केन्द्रमा आगजनी भएको थियो ।
प्रहरीका अनुसार सुनामगञ्ज, तंगेल, शरीयतपुर, चट्ग्राम, गाजीपुर, मैमनसिंह, नेट्रोकोना, खुलना र बरगुना जिल्लाका मतदानका क्रममा आगजनी भएका छन् ।त्यसअघि शुक्रबार राति राजधानी ढाका नजिकै एक यात्रुवाहक रेलमा आगजनी हुँदा चार जनाको मृत्यु भएको थियो ।
यसैगरी भिलेज डिफेन्स पार्टीका एक सदस्य रञ्जित कुमार डे मतदान केन्द्रमा खटिएको बेला मृत फेला परेका थिए । प्रहरीका अनुसार उनको शव बलियाकाण्डी मतदान केन्द्र रहेको विद्यालयको पछाडि झाडीमा फेला परेको थियो । उनको हत्या भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर