राजविराज, श्रावण ७ गते । सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर कामत टोलस्थित धान खेतमा बुधबार दिउँसो एक जना मृत भेटिएका छन् ।
स्थानीय गुलाब सिंहको खेतमा ४५ वर्षीय पुरुष मृत भेटिएका हुन् । मृतकको पहिचान भने खुल्न सकेको छैन ।
स्थानीयले खेतमा शव देखेपछि प्रहरी चौकी पत्थरगाढामा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । उनकाअनुसार मृतक मुस्लिम समुदायको जस्तो लुगाका लगाएका छन् ।



















