Advertisement

बिज्ञान प्रबिधिको बिकास नै समृद्धिको आधार – मुख्यमन्त्री राउत

न्युजडेस्क
२०७९ असार ९, बिहीबार १३:०२


जनकपुरधाम,असाढ ९। मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको
बताउनु भएको छ। युवा परिषद नेपालको आयोजनामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भएको २ दिवसिय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिज्ञानको अध्ययनले कुनैपनी समाजको गरिबी दुर गर्न सकिने उल्लेख गर्नु हुँदै नेपाल जस्तो आर्थिक रुपले पछाडी परेको देशको बिकासको मुहान नै बिज्ञानको विकास बन्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।
बिज्ञान प्रबिधिमा हामी पछाडी रहेको मुल कारण केन्दृकृत मानसिकता रहेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशको लक्ष्य नै बिज्ञान प्रबिधिको विकास र स्थानिय स्तरको प्रबिधिको अनुसंधान रहेको बताउनु भयो । प्रदेश निर्माण भैसक्दा समेत संघ अझै अधिकार दिनमा कंजुस्याई गरिरहेको ले आफ्नो प्रदेशले लिएको लक्ष्य प्राप्ती गर्न केही समय अझै लाग्ने उहाँको कथन थियो ।
बिज्ञान प्रबिधिको बिकासलाई मुलाधारमा ल्याउन प्रदेश सरकारले १२ कक्षाम अध्ययन गर्ने चेलिबेटी लाई ल्यापटप बितरण गर्ने योजनाले प्रभावकारी भुमिका खेल्नेमा आफू बिश्वस्त रहेको उहाँले दावी समेत गर्नु भयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर